घाँस काट्न जाँदा ह’राएका महोत्तरीका ७ जना बालिका तथा किशोरी भारतमा फे’ला परेका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट मंगलबार ७ जना बालिका तथा किशोरीहरु ह’राएका थिए । घरबाट घाँस काट्न भनेर निस्किएका उनीहरु १० देखि १८ वर्ष उमेर समूहका थिए ।

भङ्गाहा–८ धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मंगलबार घरबाट निस्केका थिए ।

साँझसम्म पनि घर नफर्किए पछि परिवारका सदस्यहरुले खोजीका लागि प्रहरीमा खबर गरेका थिए । प्रहरीले सातै जनाको अ’पह’रण गरिएको हुनसक्ने आ’शं’कामा खोजी शुरु गरेको थियो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले सातै जनालाई भारतीय प्रहरीको सहयोगमा बिहारको सितामढीबाट उ’द्धार गरिएको जानकारी दिए ।

डीआईजी सिंहका अनुसार सबै बालिका/किशोरी सकुशल छन् । उनीहरु कसरी भारत पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको सिंहले बताए ।

भारतमा फेला परेका सातै जनालाई नेपाल ल्याउन अहिले प्रहरी र अभिभावकहरु भारत गइरहेको डीआईजी सिंहले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 134 Viewed

प्रतिक्रिया दिनुहोस्