
काठमाडौंको ज्याठामा एटीएम ह्या’क गरी पैसा निकाल्न लागेका चिनियाँ नागरिक प’क्राउ परेका छन्।
काठमाडौं प्र’हरी परिसरले मेगा बैंकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्या’क गरी नगद निकाल्ने प्रयास गरिरहँदा प’क्राउ गरेको हो।
प’क्राउ पर्नेमा चिनियाँ नागरिक २९ वर्षीय योङ छियालोङ रहेको काठमाडौं प्र’हरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
बैंकबाट खबर आउनासाथ दरबारमार्ग र काठमाडौं परिसरबाट प्र’हरी खटिएको थियो। उनी ज्याठास्थित होटल मन्टेसको चौथो तलाको ४०५ नं कोठामा बसेका थिए।
प’क्राउ परेका चिनियाँ नागरिकबाट बरा’मद सामग्री
उनी बसेको कोठा खा’नत’लासी गर्दा १० वटा विभिन्न किसिमका चाबि, विभिन्न खालका एटीएम कार्ड १० थान, ड्रिल मेसिन, चीन, अमेरिका र नेपाली रकम लगायत ब’राम’द भएको छ।
ती चिनियाँ नागरिक मंगलबार मात्रै नेपाल आएको पाइएको प्र’हरीले जनाएको छ। उनले चीनमा हुँदै होटल बुक गरेका थिए।
उनले एटीएम मेसिन खोलेर सिरियल नम्बर फोटो खिचेका थिए। पैसा झिक्न भने पाएका थिएनन्। उनले धेरै बैंकमा क्ष’ति पुर्याउने योजना देखिएको प्र’हरीको अनुमान छ।
मेगा बैंकले समयमै खबर गरेका कारण ठूलो क्ष’ति हुनबाट बचेको एसएसपी सिंहले बताए।