गत शुक्रबारदेखि वायुमण्डलमा थुप्रिएको घा’तक प्रदु’षण वर्षासँगै घट्ने विज्ञहरुले बताएका छन् । देशभर लागेको ड’ढेलो र भारतबाट आएको प्रदु’षित हावाले केही दिनदेखि वायुमण्डल नै धुम्म रहेको थियो ।

बुधबार देशका अधिकांश क्षेत्रमा वर्षा भएसँगै वायुमण्डलमा तैरिएर रहेको प्रदु’षणको कण जमिनमा झरेको छ,मौसमविज्ञ ऋषिराम शर्माले भने, आजबाट मौसममा केही सुधार आउनेछ ।’

उनका अनुसार पानी परेसँगै प्रदु’षणको मात्रा आधा घट्ने छ । पानी पर्ने प्रणालीको विकास भएसँगै हावाको प्रवाह पनि बढेकाले केहि दिनमै मौसम सफा रहनेछ । वर्षा र हावा प्रवाहले प्रदु’षणको मात्रा घट्ने विज्ञहरुको भनाई छ ।

केही दिनदेखि हावा समेत नचल्दा वायु प्रदु’षण तल्लो तहसम्म फैलिएको थियो । जसका कारण आँखा पाल्ने, रुघाखोकी लाग्ने स’मस्या देखिएको हो ।

ठुलो वर्षा भएको भए एकै दिनमा मौसम पुरै खुल्ला हुन्थ्यो तर हल्का वर्षाका कारण मौसम पूर्ण रुपमा खुल्न केहि दिन लाग्ने देखिन्छ । प्रदु’षणको मात्रा बढ्दा भिजिविलिटीमा कम भएको थियो ।

भिजिविलिटी कम हुदाँ आन्तरिक तथा बाह्य उडान समेत अबरु’द्ध बनुन पुगेको थियो । सामान्यतया विमान उड्नका लागि ५ हजार मिटर भिजिविलिटी हुनु आवश्यक छ । तर शुक्रबार र शनिबार १ हजार ५ सय मिटर देखि २ हजार मिटर भिजिविलिटी देखिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 100 Viewed

प्रतिक्रिया दिनुहोस्