नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निल’म्बन गरेका छन्।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सो कार’बाही गरिएको थियो।

‘भुसाल र पाण्डेले पनि सोहि गल्ति गर्नुभयो त्यसैले एउटै कार’बाही भयो,’ ओलीनिकट एक नेताले भने।

पार्टीका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई पार्टीविरुद्ध गतिबिधि गरेको भनी स्पष्टीकरण सोधिएको थियो।

उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै चारैजना नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 83 Viewed

प्रतिक्रिया दिनुहोस्