नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले कासीकी जिल्लामा समानान्तर कमिटी बनाएको छ।

बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालकै उपस्थितिमा कास्कीमा समानन्तर कमिटी बनाइएको हो।

गण्डकी प्रदेशमा कमजोर रहेको नेपाल–खनाल पक्षले कास्कीबाट समानन्तर कमिटी बनाउन सुरु गरेको हो।

समानान्तर एमालेको अध्यक्षमा धनराज आर्याय र सचिवमा होमबहादुर नेपाली चुनिएका छन्।

आचार्य पीएन क्याम्पससका पूर्व सभापति र रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुन्।

एमालेमा अन्तरविरोध चर्किरहेका बेला नेपाल–खनाल पक्षले देशभर समानान्तर समिति बनाउने अभियान नै थालेको छ। यसअधि केही जिल्लामा समानन्तर समिति बनेको भए पनि नेता नेपालको उपस्थितिमा पहिलोपटक समानान्तर समिति घोषणा भएको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 86 Viewed

प्रतिक्रिया दिनुहोस्