बागलुङको बडिगाड गाउँपालिकामा बिहीबार भएको ब’म वि’ष्फोटमा परी ग’म्भीर घा’इते भएका एक युवकको मृ’त्यु भएको छ।

बडिगाड गाउँपालिका–२ सिमलचौरमा माछा मा’र्नका लागि ब’म बनाउँदै गर्दा बिहीबार बि’स्फोट भएको थियो। बि’स्फोटमा परेर ग’म्भीर घा’इते भएका गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानालाई उप’चारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए।

वि’ष्फोटमा ग’म्भीर घा’इते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उप’चार भइरहेको छ। उनको अव’स्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ।

स्थानीय दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि वि’ष्फोट हुँदा दुई युवा ग’म्भीर घा’इते भएका थिए। रासस

अन्तिम पटक अध्यावधिक गरिएको 173 Viewed

प्रतिक्रिया दिनुहोस्