ट्राफिक प्रहरीले मोटरसाइकल चो’री गर्ने एक जनालाई प’क्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार प’क्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले कोटेश्वरको भाटभटेनीबाट पुस १४ मा ह’राएको मोटरसाइकल नम्बर परिवर्तन गरी साँखुमा चलाइरहेको अव’स्थामा प’क्राउ गरिएको जानकारी दिए ।

उक्त मोटरसाइकल ललितपुरका सुजित महर्जनको भएको र उक्त मोटरसाइकलको वास्तविक नम्बर बा९१प १२२१ भएको महाशाखाले जनाएको छ । मोबाइलका धनी महर्जनले दिएको निवेदनका आधारमा महाशाखाले उक्त मोटरसाइकल चो’रीमा संलग्न व्यक्तिलाई प’क्राउ गरेको हो ।

प’क्राउ गरिएको व्यक्ति र मोटरसाइकलबारे थप अनुसन्धान तथा कार’वाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट ‘भई ह’राएका मोटरसाइकल र चो’री गर्ने कार्यमा संलग्न व्यक्तिको सूचना सङ्कलन एवं निगरानी राखी विशेष कार’वाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 174 Viewed

प्रतिक्रिया दिनुहोस्