सिभिल इञ्जिनीयर पढ्दै गरेका युवकको सेती नदीमा डु’बेर मृ’त्यु भएको छ ।

नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृ’त्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डोटीको सेती नदीमा डु’बेर मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अ’ड्किएर धाँमीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 129 Viewed

प्रतिक्रिया दिनुहोस्