को’रोनाको कारण गत वर्षदेखि संसारमा स्यानिटाइजरको प्रयोग यु’द्धस्तरमा बढेको छ । तर, अमेरिका भएको एक शोधमा भने स्यानिटाइजरमा प्रयोग हुने बेन्जीन नामक एक प्रकारको रसायनलाई क्या’न्सरको का’रक मानिएको छ । वेलिजर नामक अमेरिकी अनलाइन फार्मेसी कम्पनीले यस्तो दाबीसमेत गरेको छ । यो कम्पनीले मेडिकलसँग सम्बन्धित विभिन्न उत्पादन बारे जाँच गर्ने गर्छ ।

वेलिजरले यस प्रयोगमा १६८ ब्राण्डको २६० बोतलमध्ये २१ बोतलमा बेन्जीनको मात्रा अत्यधिक पाएको थियो । कम्पनीले यी ब्राण्डको नामबारे पनि जानकारी दिएको छ ।

बेन्जीन अत्यधिक पाइएका सेनिटाइजर जेलका रुपमा थिए । यस शोधलाई यल युनिभर्सिटिको केमिकल एण्ड बायो फिजिकल इन्स्ट्रुमेण्ट सेन्टर तथा बोस्टन एनालिटिकल नामक एक निजी ल्याबले पनि सही ठहर्‍याएको छ ।

सेनिटाइजरमा बेन्जीनको मात्रा कसरी आयो भन्ने बारेमा थाहा नभएपनि यसलाई प्युरिफेकशनको दौरान प्रयोग गरिएको हुनुपर्छ ।

अमेरिकाको क्या’न्सर सोसाइटिका अनुसार यसले ल्युकेमिया जस्तो ब्लड क्या’न्सरको ख’तरा हुन्छ ।

साथै अमेरिका तथा चीनमा तयार गरिएका सेनिटाइजरमा भने बेन्जीनको मात्रा अत्यधिक पाइएको थियो ।

वेलिजरका अनुसार स्यानिटाइजर बनाउने प्रक्रियाको अन्तिम चरणमा बेन्जीन हटाउनु पर्ने हुन्छ । तर, केही कम्पनीले भने यस प्रक्रियालाई छोडेका छन् । एजेन्सी

अन्तिम पटक अध्यावधिक गरिएको 93 Viewed

प्रतिक्रिया दिनुहोस्