आइतबार पोखराका २४ सहित गण्डकीमा थप ३६ जनामा को’रोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका तीन जिल्ला कास्कीको पोखरा महानगरपालिकाका २४ सहित तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४ जना र बाग्लुङ जिल्लाका ८ जनामा गरी ३६ जनामा को’रोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएकासंगै गण्डकीमा को’रोना सं’क्रमितको कूल संख्या १६ हजार ६ सय ६२ पुगेको छ जसमा, ३५७ सक्रिय सं’क्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १४ जना को’रोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा को’रोनामुक्त हुनेको संख्या १६ हजार १०० पुगेको छ भने, सं’क्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्या’न गु’माइसकेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 109 Viewed

प्रतिक्रिया दिनुहोस्