
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
नेपाल आयल निगमले आजराति देखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ।
इण्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाई छ।