म्याम्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरि’वाना तिराउने नियम बनाएका छन् ।

घोडेपानी टोल सुधार समितिले आइतबार सार्वजनिक सूचना जारी गरेर अनुमतिबिना गुराँसलगायत अन्य फूल टिप्न रोक लगाएको हो ।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अटेर गरेर गुराँस टिपे ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिए ।

गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने स’मस्या हुने उनले बताए ।

घोडेपानीको जंगलमा पछिल्लो दस वर्षयता गुराँसका रूख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रताजिका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् ।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ । वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जंगल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जंगल निकै मनमोहक र आकर्षक बनेको छ। गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताए।

अन्तिम पटक अध्यावधिक गरिएको 114 Viewed

प्रतिक्रिया दिनुहोस्