नेकपा एमालेका तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन मन्त्रीले रा’जीनामा दिएका छन् ।

कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तिनै जना माधव नेपाल समूहका हुन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष रा’जीनामा दिएका हुन् ।

तीन मन्त्रीको रा’जीनामा आएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको बताएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 59 Viewed

प्रतिक्रिया दिनुहोस्