बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृ’त्यु भएको हो । घा’इते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजनाअन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए ।

अमिसा अस्पतालको लाप’र्वाहीका कारण सुन्दरीको मृ’त्यु भएको आफन्तले आ’रोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लाप’र्वाही गर्दा श्रीमतीको मृ’त्यु भएको मृ’तकका श्रीमान् गोपाल कुँवरले बताए । उनले भने, “डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृ’त्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लाप’र्वाहीले श्रीमतीको मृ’त्यु भएको बताए ।

अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो । पछि बिरामीको मृ’त्यु भएको जानकारी दिएका छन् । साथै बिरामीका आफन्तले डाक्टरलाई कार’वाहीको माग गर्दै अस्पताल क्षेत्र घे’राउ गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 46 Viewed

प्रतिक्रिया दिनुहोस्