तनहुँको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउने नयाँ विधि अपनाएको छ।

वन जङ्गलमा पर्याप्त आहारा नहुँदा बाँदरले कृषकले खेतबारीमा लगाएको अन्नबाली खाएर न’स्ट गर्दै आएको छ। बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पु¥याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ नम्बर वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ।

बाँदरको समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताए।

कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको क्षेत्रीले जानकारी दिए। अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ। खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उनले बताए।

“बेसार र अदुवा बाँदरले खाँदैन। उत्पादन पनि राम्रो हुने भएकाले बीउ वितरण गरेका हौँ,” क्षेत्रीले भने। बाँदरले क्षति पु¥याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको हो।

मकै र कोदो लगाउँदा सबै बाँदरले खाएर घरमा भित्र्याउन नपाएको गुनासो किसानले गर्दै आएका छन्। रासस

अन्तिम पटक अध्यावधिक गरिएको 117 Viewed

प्रतिक्रिया दिनुहोस्