भारतसहितका दक्षिण एसियाली केही देशमा कोरोना सं’क्रमण फेरि तीव्र बनेको छ । भारत, बंगलादेश र पाकिस्तानमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमण तीव्र गतिमा फैलिन थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना सं’क्रमणले नयाँ रेकर्ड कायम गरेको छ । त्यहाँ एकैदिन एक लाख १५ हजार भन्दा धेरैमा सं’क्रमण देखिएको छ । कोरोनाबाट त्यहाँ हिजो ६३१ जनाले ज्यान गु’माएका छन् ।

भारतमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा द्रुत गतिमा फैलिएको छ । कोरोना सं’क्रमण तीव्र बनेपछि राजधानी नयाँ दिल्लीमा रातिकालिन क’र्फ्यू लगाइएको छ ।

पहिलो लहरको क्रममा गत सेप्टेम्बरमा भारतमा एकै दिन सबैभन्दा धेरै ९८ हजार जनामा सं’क्रमण देखिएको थियो । त्यसपछि निरन्तर घटेर सं’क्रमणदर दैनिक करिब नौ हजारमा झरेको थियो ।

बिगत एक महिनायता भारतमा सं’क्रमण पुनः तीव्र गतिमा बढ्न थालेको हो । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो दुई सातामा संक्रमण पुष्टि भएका केसमध्ये ६० प्रतिशत महाराष्ट्रमा छन् । आइतबार मात्र महाराष्ट्रमा ५७ हजारमा सं’क्रमण देखिएको थियो ।

भारतमा अहिलेसम्म कोरोना सं’क्रमणको कारण एक लाख ६६ हजार भन्दा धेरैले ज्यान गु’माइसकेका ओल्र्डओमिटरमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा कोरोना सं’क्र’मणबाट विश्वभर ११ हजार ७ सय २८ जनाले ज्यान गु’माएका छन् । यस बीचमा विश्वभर पाँच लाख ७४ हजार भन्दा धेरैमा सं’क्रमण देखिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 108 Viewed

प्रतिक्रिया दिनुहोस्