रेखा पौडेल,२५ चैत-२०७७
सम्बाददाता ,समय नेपाल

बिगत लामो समय सामाजिक संस्था दारी ग्याङ लगाएत विभिन्न संस्थाहरुमा रहेर सामाजिक कार्यमा सकृय रहेका सामाजिक अभियान्ता वसन्त पहारीको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

रक्तदान नै जीवन दान भन्ने नाराको साथ पछिल्लो समय पोखरामा विभिन्न संघ संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छ्न ।

पोखराको वडा न १७ ,डेविजफल्समा रहेको मित्रबन्धु टोल संस्थामा हिजो चैत २४ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रम पहारीको बहिनी मुना पहारीलाई रगत संकलन झोला हस्तान्तरण गरि सुरुवात गरिएको थियो ।

यसैगरी ,रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको थियो । समय नेपालसङ कुरा गर्दै पहारीले पछिल्लो समय जन्मदिनको अवसर पारेर धेरै महँगो रेस्टुरेन्ट वा होटलमा गएर मनाउने सस्कारको बिकास भैरहेको बेलामा यो एउटा नमुना काम बन्ने र अब सबैले आफ्नो जन्मदिन रक्तदान गरेर मनाउनु पर्ने पहारीले वताएका छ्न ।

अन्तिम पटक अध्यावधिक गरिएको 160 Viewed

प्रतिक्रिया दिनुहोस्