सन्देश बराल बिरुवा गाउँपालीका ४,स्याङ्जा- स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका वार्डमा न ४ मा अवस्थित ओरस्टेमा जारी दोश्रो पन्चमी मेला २०७७ अन्तर्गत वडा स्तरीय भलिबल परियोगिता जारी रहेको छ।

गाउँस्तरीय भलिबल प्रतियोगितामा २७ टिमको सहभागिता रहेको थियो । आफ्नो गाउँ ठाउँलाई बिश्वभर चिनाउने र राम्रा खेलाडी उत्पादन गर्ने उदेश्यका साथ सुरुवात गरिएको कार्यक्रमको पहिलो चरणको खेल सम्पन्न भएको छ भने आज चैत २५ गते देखि दोश्रो चरणको खेल संचालन हुदै छ।

मगर समुदायको बाक्लो रुपमा बसोवास रहेको ओरस्टेमा दोश्रो पन्चमी मेलाको मुख्य प्रायोजकको रुपमा ५५००० प्रदान गरि ओरस्टे साबिक ८ का बुवा समुह रहेका छ्न ।

यसैगरि कार्यक्रमको मिडिया पर्टनरको रुप्मा नमुना पोखरा मिडिया रहेको छ भने खेल चौत २७ गते सम्म चल्ने आयोजकले समय नेपाललाई जानकाारी दिएका छ्न ।

नोट: गाउँमा नेटको समस्याका कारण खेलहरु रेकर्ड भैरहेको छ र नमुना पोखरा मिडिया प्राली स्वारा सन्चालित समय नेपाल अनलाईन पत्रीकाको आधिकारिक युट्युब च्यानल समय नेपाल टिभी मार्फत लाईभ गर्ने कोसिस भैरहेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 181 Viewed

प्रतिक्रिया दिनुहोस्