सन्देश बराल-पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत आज पुलिसले सेमिफाइनल प्रतियोगिताको एक मात्र विदेशी टिम अफ्रिकन रुट एसोसियसनसँग प्रतिष्पर्धा गर्नेछ ।

स्वदेशी तथा विदेशी गरी कुल ८ टीमको सहभागिता रहेको प्रतियोगितामा आज बुधबार संकटा क्लव र विभागिय टोली एपिएफ पहिलो सेमिफाइनलको खेल हुने छ ।

मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पुलिसले थ्रि स्टार विरुद्ध ४–० गोलले फराकिलो जित निकालेको हो । जितसँगै पुलिस क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा पुलिसको तर्फबाट बुद्धबल तामाङले २ गोल गरे भने तेज तामाङ र सुमन लामाले १–१ गोलको योगदान दिए । पुलिसले सेमिफाइनलमा प्रतियोगिताको एक मात्र विदेशी टिम अफ्रिकन रुट एसोसियसनसँग प्रतिष्पर्धा गर्नेछ।
यसैगरी प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 121 Viewed

प्रतिक्रिया दिनुहोस्