साइकले रक्तदाताहरुको दुई दिने साईकल यात्रा सम्पन्न भएको छ । साईकल चढौ, स्वस्थ नेपाल निर्माण गरौँ भन्ने उदेश्यका साथ पोखरा देखि सुरु भएको NVBDS कास्कीका १३ जना साइकले रक्तदाताहरुको साईकल यात्रा नागिधार ८, मादी गाउँपालिकासम्म पुगेर सम्पन्न भएको छ ।

कास्किको नागिधार सृजनशिल युवा क्लब, नागिधार ८, मादी गाउँपालिकाद्वारा आयोजित बहुउद्देशिय भवन तथा फुटबल खेल मैदान समुदघाटन समारोहमा अध्यक्ष जितेन्द्रमान शाक्य सहित संस्थापक अध्यक्ष साईकलयात्रीहरु: तिर्थ राज अवस्थी , बिरेन्द्र पराजुली, सुधन तिवारी, राजिब पालिखे, दिपेन्द्र मर्सानी, कुमार बराल, सुक बहादुर गुरुङ्ग, रक्ष लामा, जीवन श्रेष्ठ, खड्क सुनार ‘ लच्छु’, कुमार गुरुङ्ग। गरि कुल १३ जना साईकल यात्री सहभागीता रहेको थियो ।

कार्यक्रममा रक्तदान, साईकल र पर्यावरणीय सन्तुलन बारे विशेष छलफल भएको अध्यक्ष जितेन्द्रमान शाक्यले समय नेपाललाई जानकारी दिएका छ्न ।

अन्तिम पटक अध्यावधिक गरिएको 149 Viewed

प्रतिक्रिया दिनुहोस्