पोखरा – लागूऔषध ओसार पसारमा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले कास्कीको तुम्केबाट उनीहरुलाई प्राकौ गरेको हो ।

प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का मनोज विक, धादिङ घर भएका ३० वर्षीय कुमार ठकुरी छन् ।

उनीहरुको साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको कास्कीका डिसपी सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 62 Viewed

प्रतिक्रिया दिनुहोस्