गोरखा । ट्र्याक्टरको ठ’क्करबाट गोरखामा १ जना बालकको मृ’त्यु भएको छ । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा मंगलबार ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृ’त्यु भएको छ ।
Advertisement
मृ’त्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।
घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठ’क्कर दिँदा उनको मृ’त्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घ’टनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उहाँको भनाइ छ ।