पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोट ठाटीमा रहेको विन्ध्येश्वरी युवा क्लवले नव वर्षको शुभारम्भमा शुभकामाना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । युवा क्लवले उक्त कार्यक्रममा क्यालेन्डर विमोचन तथा खुला रक्तदान कार्यक्रम गरेको थियो । खुला रक्तदान कार्यक्रममा ५५ युनिट रगत सङकलन भएको छ ।
उक्त कार्यक्रम वडा न. १९ का वडा सदस्य कृष्ण गौतमको प्रमुख आथित्व र अर्जुन ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रिय रक्तसञ्चार का प्रमुख अर्जुन ज्ञवलीको पनि उपस्थित रहेको थियो । कार्यक्रममा युवा क्लवका पुर्व अध्यक्ष मिनराज ढुङ्गानाले शुभकामाना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा पुर्व अध्यक्ष मिनराज ढुङ्गाना ,शेखर ढुङ्गाना ,नेपाल रेडक्रस सोसाइटी १९ उपशाखा का सभापति भरत आचार्य ,वडा सदस्य कोमल बास्तोला, क्षेत्रिय रक्तसञ्चार का प्रमुख अर्जुन ज्ञवली र पोखरा महानगरपालिका वडा नं १९ का वडा सदस्य कृष्ण गौतमले कार्यक्रममा बोल्नुभएको थियो । कार्यक्रम सयोजक थम कुमार केसी र ंयुवा क्लवका निवर्तमान अध्यक्ष तथा समाजसेवी विकास आचार्यले सञ्चालन गर्नुभएको थियो ।
पोखरा-१९ विन्ध्येश्वरी युवा क्लवद्वारा नव वर्षमा क्यालेन्डर विमोचन तथा खुला रक्तदान कार्यक्रम
पोखरा-१९ विन्ध्येश्वरी युवा क्लवद्वारा नव वर्षमा क्यालेन्डर विमोचन तथा खुला रक्तदान कार्यक्रम
Advertisement
Advertisement