पोखरा असोज २१ हल्ट प्राइज अन् क्याम्पसको “माइक्रोसफ्ट अफिस प्याकेज” मा प्रभाव प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हल्ट प्राइज प्रारम्भिक चरण सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठूलो स्टार्ट(अप कार्यक्रम बनेको हो । सामाजिक उद्ध्यम्शिलता चुनौती हल्ट प्राइज २०२० ÷ २१ को तयारि को क्रममा रहेको तिन वटा क्याम्पस को संयुक्त आयोजनामा माइक्रोसफ्ट अफिस प्याकेजमा प्रभाव प्रशिक्षण कार्यक्रम सम्प्पन्न भएको छ । युस डलर १० ,००,००० स्टार्ट(अप पुरस्कार रहेको हल्ट प्राइज ले हामीलाई सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न मद्दत गर्दछ। पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र सिस्ट कलेज मा हल्ट प्राइज २०२० ÷२१ को तयारी तिब्र गतिमा चलिरहेको छ। तीन हप्ता को लागि प्रत्येक आइतबार इच्छुक प्रशिक्षर्थी भर्चुअल माध्यम बाट कार्यक्रम मा जोडिनु भएको थियो । कार्यक्रम २० र २६ सेप्टेम्बर र ४ अक्टोबर गरि तीन दिन सम्म भएको थियो। माइक्रोसफ्ट अफिस विशेषज्ञ नेपाल का राष्ट्रिय च्याम्पियन २०१८ असिम तारा पाठकले कार्यक्रम मा प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रम लाइ नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब काठमाडौं नर्थ इस्ट ,इन्सिचिउट अफ हिमालयन रिक्स रिडक्सन र मेरो क्रिएसन् ले सहयोग गरेको थियो । कार्यक्रम भव्य र सव्य भएको कुरा हल्ट प्राइज २०२०र२१ पोखरा विस्वबिद्यालय, सिस्ट कलेज का क्याम्पस उपनिर्देशक दीपा घिमिरे ले जानकारी दिनुभएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 63 Viewed

प्रतिक्रिया दिनुहोस्