पोखरा असोज २४ सन्देश बराल निमार्णाधिन पुम्दीकोटको शिबमुर्तिको करिब ४० प्रतिशत काम पुरा भएको छ ।भारतको मथुरा बाट ५१ फिट अग्लो १२ वटा ट्रकमा मुर्ति आउदै गरेको र मुर्ति राखेपछि ८५ प्रतिशत काम पुरा हुने पुम्दीकोट शिबमुर्ति बिकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । बिगत ७ बर्ष देखि पुम्दीकोट लाई एउटा पर्यटकीय गन्तब्य बनाउने उद्देश्य राखेर हाल पनि निरन्तर रुपमा काम जारी रहेको अध्यक्ष बरालले बताए ।

३ बर्ष अगाडि माहायज्ञ गरेर रु ६ करोड जम्मा गरेर त्यसैलाई खर्च गरेर काम अगाडि बढेको उनले बताए । साथै मन्त्रालय बाट प्रदेश बाट ,महानगर बाट बिभिन्न संघ सस्था र साथै ब्यक्तीहरु बाट आर्थिक सङकलन गरेर काम जारी रहेको हाल सम्म १३ करोड रुपैया खर्च भएको सुनाए ।

आफुहरु अहिले अफ्ठ्यारो परिस्थीतिमा रहेको र अब मुर्ति आइपुगे पछि मुर्ति जडान गर्न रु २ करोड आबश्यक पर्ने हुदा अहिले कोषमा जम्मा १५ हजार मात्र रहेको बताउदै उनले भने अब कसरि अगाडी बढाउने भन्ने बिषयमा केहि दिनमा बृहत छलफल गर्ने योजना रहेको उल्लेख गरे । पौराणीक ठाउँ भुमेश्वर माहादेब भनेर चिनिने र पहिला देखिनै पुज्दै आएको ठाँउ भएको हुदा अब पर्यटकीय गन्तब्य बनाउन सकिने उनले उल्लेख गरे र उनले भने पहिला पहिला गाउँका सिमित मान्छेले मात्र पुज्दै आएको र यस ठाँउलाई अब पर्यटकीय गन्तब्य बनाउन सकिने सोच आएर काम शुरु गरेको बताए

सम्पुर्ण काम सकिन अझै ३ बर्ष लाग्ने बताउदै समितिका अध्यक्ष बरालले भने तर यसलाई मुर्ति राखेर प्राण प्रतिष्ठान गरेर शिबरात्रिमा उद्धघाटन गर्ने योजना रहेको बताए। पोखरा देखि ६ किलो मिटरको दुरीमा रहेको पुम्दीकोट बिसाल माहादेब शिब मन्दीरमा पुग्न सकिने छ । पुम्दीकोटको त्यस ठाँउ बाट फेबाताल, हिमश्रृङखला ,फुस्रे खोला,पोखरा शहर निमार्णधिन अन्तराष्टी«य बिमान स्थल ,शान्ती स्तुपा , स्याङ्जा जिल्लाको केहि भाग लगाएत बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । पोखरा एक पर्यटकीय शहर हो बिभिन्न पर्यटकीय स्थल यहाँ रहेका छन् अब शिबमुर्ति निमार्ण पश्चात अर्को एउटा गन्तब्य पोखरामा रहने छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 503 Viewed

प्रतिक्रिया दिनुहोस्