कास्कीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दिउसो ३:०० बजेको पछिल्लो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी मेडिकल कलेजमा उपचाररत ५ जना र चरकमा उपचाररत ४ जना सँगै १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा चरक अस्पतालकी २४ वर्षीया कर्मचारी छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१८७ पुगेको छ |

अन्तिम पटक अध्यावधिक गरिएको 827 Viewed

प्रतिक्रिया दिनुहोस्