नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा देशका बिभिन्न ठाउँमा च्याङ्ग्रा आईपुगेका छन् ।। भेडा/च्याङ्ग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी यसवर्ष पशुपालक किसानको खोर /खोरमै धाउन थालेका छन् ।बिहीबारसम्म करिब ३ दर्जन बढी भेडा/च्याङ्ग्रा मुस्ताङ आएको पाइएको छ । पोखरा-काठमाडौंलगायतका सहरमा पुर्‍याउने उद्देश्यले भेडा-च्याङ्ग्रा खरिद गर्न व्यापारी जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुगेका छन् | हिमाली क्षेत्र तिर पाहिने च्याङ्ग्रा र भेडा मुस्ताङ्र देखि पोखरामा पनि आईपुगेको हो। कोरोना कहर संगै यसपाली भने छिमेकि देश चाईनाबाट च्याङ्ग्रा नआउने भएपछी च्याङ्ग्राको मुल्य अलिकति बढेको च्याङ्ग्रा व्यवसाय गर्नेहरु बताउछन। पोखराको सिम्पानी , याम्दी , हेम्जा , तालचोक , चाउथे , धम्पुस लगाएतको ठाउहरुमा च्याङ्ग्रा बिक्रीको लागि राखिएको छ। कोरोना महामारीका कारण च्याङ्ग्रा चाईनाबाट नआएको भएर आफ्नो खरिद पनि महँगो परेको र आफुहरुले पनि सिमित नाफा राखेर बेच्दा पनि च्याङ्ग्राको मुल्य अघिल्लो सालको भन्दा अलि बढी नै पर्न गएको एक च्याङ्ग्रा व्यवसायी सुकुदेव लामा बताउछन। यसैगरी पोखराको बजारमा च्याङ्ग्राको मुल्य ३०००० देखि ३८००० सम्म कारोबार भएको पाईएको छ।
अन्तिम पटक अध्यावधिक गरिएको 1088 Viewed

प्रतिक्रिया दिनुहोस्