पोखरा, चैत १/ प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा सञ्चालन भएको मौरी पालन तालिम सम्पन्न भएको छ ।तालिम गएको पुस २१ गतेबाट अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन भएको शिक्षालयका प्रमुख इन्जिनियर बिकल अधिकारीले बताए ।
तालिममा २० जना कृषकको सहभागिता रहेको थियो भने समापनको अवसरमा उनिहरुको लागि २० ओटा मौरीका घार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा बितरण गरिएको शिक्षलयका प्रमुख अधिकारीले उल्लेख गरे ।समापन कार्यक्रममा बौल्दै अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष बिष्णुबहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिइएको बताए ।उनले अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयमा अन्नपूर्ण गाउँपालिका भित्रका एसइई उत्तिर्ण बिद्यार्थीलाई ३ बर्षे पशुबिज्ञान र ३ बर्षे बालि बिज्ञान पूर्ण रुपमा निशुल्क रहेको बताउदै उक्त खर्च गाउँपालिकाले ब्यहोर्ने जनाउदै गाउँपालिका बाहिरका बिद्यार्थीको लागि ३ बर्षको ५० हजार लाग्ने जनाए।
अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा ७ का वडा अध्यक्ष भरतमान गुरुङले यस क्षेत्रलाई मौरीपालन पकट क्षेत्र बनाउनु पर्नेमा जोड दिए ।उनले तालिम पश्चात त्यसलाई ब्यवसायको रुपमा रुपान्तरण गर्न आग्रह गरे ।प्रशिक्षक जगन्नाथ पौडेलले मौरी पालनको लागि आवश्यक पर्ने पक्षहरुको जानकारी दिदै मौरीमा लाग्ने रोग, निराकरणका उपायहरु,मौरीका स्वाभाव र प्रकार,मौरीको घार लगाएतका बिषयमा तालिम प्रदान गरिएको बताए ।कार्यक्रममा वडा ४ का वडा सदश्य पशुपति केसी,प्रशिक्षार्थि लगाएतले मौरी पालन तालिमको महत्वको बारेमा भनाई राखेको थिए ।











