सचेत रहनुस् है, आज मुर्ख दिवस हो

सचेत रहनुस् है, आज मुर्ख दिवस हो
२०८१ चैत १८ गते मङ्गलबार ०९:१०

पोखरा चैत १९/आज अप्रिल १ अर्थात मुर्ख दिवस रहेको छ । गेग्रोरियन क्यालेन्डरमा अप्रिलको पहिलो दिनलाई विश्व मुर्ख दिवसका रूपमा मनाउने गरिएको छ । यस दिवसमा बिहानैदेखि विभिन्न बहानामा झुक्याउने, ढाँट्ने चलन संसारभर छ । नेपालमा पनि...

पोखरा चैत १९/आज अप्रिल १ अर्थात मुर्ख दिवस रहेको छ । गेग्रोरियन क्यालेन्डरमा अप्रिलको पहिलो दिनलाई विश्व मुर्ख दिवसका रूपमा मनाउने गरिएको छ । यस दिवसमा बिहानैदेखि विभिन्न बहानामा झुक्याउने, ढाँट्ने चलन संसारभर छ । नेपालमा पनि एकले अर्कालाई ढाँट्ने, झुक्याउने र ठट्टा गरी अप्रिल फुल मनाउने चलन केही वर्षयता फैलँदो छ ।

यसक्रममा कहिलेकाहीँ अप्रिय घटनासमेत हुनसक्छ । सरोकारवालाहरू विपत्ति अनि मानिसको जिन्दगीसँग जोडेर ढाँट्ने वा झुक्याउने संस्कार नराम्रो भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

अप्रिल फुल किन मनाइन्छ, यसको कुनै विश्वसनीय कारणचाहिँ थाहा हुन सकेको छैन । बोस्टन युनिभर्सिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासनताका आजकै दिन कैदी एवम् अपराधीलाई एक दिनका लागि राज्य सञ्चालनको जिम्मेवारी दिइएको थियो । त्यसैको सम्झनामा वर्षैपिच्छे मुर्ख दिवस विश्वभर मनाउन थालिएको मान्यता छ ।

प्रकाशित मिति २०८१ चैत १८ गते मङ्गलबार ०९:१०
प्रतिक्रिया दिनुहोस्