माधव काफ्लेको स्मृतिमा प्रतीक्षालय निर्माण

माधव काफ्लेको स्मृतिमा प्रतीक्षालय निर्माण
२०८२ बैशाख २ गते मङ्गलबार ०१:१७

पोखरा बैशाख २/ पुतलीबजार १३ मा निर्माण सम्पन्न प्रतीक्षालयको उद्घाटन गरिएको छ । पुतलीबजार नगरपालिका तेर्सापट्टी निवासी स्वर्गीय विनि माधव काफ्लेको स्मृतिमा जेठा छोरा ज्योती प्रसाद काफ्लेले निर्माण गर्नुभएको प्रतीक्षालयको...

पोखरा बैशाख २/ पुतलीबजार १३ मा निर्माण सम्पन्न प्रतीक्षालयको उद्घाटन गरिएको छ । पुतलीबजार नगरपालिका तेर्सापट्टी निवासी स्वर्गीय विनि माधव काफ्लेको स्मृतिमा जेठा छोरा ज्योती प्रसाद काफ्लेले निर्माण गर्नुभएको प्रतीक्षालयको उद्घाटन गरिएको हो । सो प्रतीक्षालयको उद्घाटन जिल्ला समन्वय समिती स्याङ्जाका प्रमुख श्री प्रसाद घर्तिले गर्नुभएको हो । उद्घाटन गर्दै प्रमुख घर्तीले स्वर्गीय काफ्लेको प्रजातन्त्र स्थापनामा महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । प्रमुख घर्तीले एक प्रजातन्त्रका सेनानी र पहरेदारका रुपमा काफ्लेको स्मरण गर्नुभयो । कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले विनि माधव काफ्ले नया राजनीति कर्मिहरुको लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख देवि अर्यालले आफुहरु स्वर्गीय विनि माधव काफ्लेको अनुयायी रहेको बताउदै उहाको व्यक्तित्व अनुसरण योग्य रहेको बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय सदस्य नेम बहादुर राना, नेपाली काङ्ग्रेस स्याङ्जाका सदस्य एक नारायण मरासिनी, नगर सभापति सुरज कुमार अधिकारी लगायतले स्वर्गीय काफ्लेले स्याङ्जाको राजनीतिमा पुर्याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । नेपाली काङ्ग्रेस पुतलीबजार १३ का सभापती दुर्गा प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्योतिका काफ्लेले स्वागत एवम् कार्यक्रमको संचालन समाजसेवी भगिरथ तिवारीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २ गते मङ्गलबार ०१:१७
प्रतिक्रिया दिनुहोस्