पोखरामा खानेपानी अभाब, पानी माग्दै होटल संघ खानेपानी संस्थानमा

पोखरामा खानेपानी अभाब, पानी माग्दै होटल संघ खानेपानी संस्थानमा
२०८२ बैशाख ८ गते सोमबार १०:३३

पोखरा, ८ वैशाख / पोखरेलीलाई सहज खानेपानी आपूर्तिका लागि होटल संघ पोखरा नेपालले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली सोमबार नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी...

पोखरा, ८ वैशाख / पोखरेलीलाई सहज खानेपानी आपूर्तिका लागि होटल संघ पोखरा नेपालले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली सोमबार नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानी जस्तो मानव जीवनका लागि आधारभूत आबश्यकताको सहज परिपूर्तिका लागि संस्थान गंभीर बन्न ध्यानाकर्षण गराएको थियो । संघको टोलीले कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीको कार्यकक्षमा पुगी पर्यटन क्षेत्रले भोग्नु परेको पानी सम्बन्धी समस्या अवगत गराएको थियो ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा नै मार परेको अवगत गराए । पर्यटकको बढी चहलपहल हुने लेकसाइड र ड्यामसाइड जस्ता क्षेत्रमा खानेपानी प्राप्तीमा कठिनाई हुनु दुःखद भएको भन्दै उनले यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जानसक्नेतर्फ सचेत हुनुपर्ने भनाई राखे ।

संस्थानलाई संघले प्रदान गरेको पत्रमा भनिएको छ, पर्यटनको राजधानी पोखरामा रहेका होटल एवम् अन्य व्यवसायीहरुले सुख्खायामसँगै आवश्यकता अनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन । होटल तथा पर्यटन व्यवसायीहरुले दैनिक जसो बोरिङ्गको पानि खरिद गरी पाहुनाहरुलाई सेवा दिुन पर्ने वाध्यात्मक परिस्थिति रहेको हुँदा पर्यटनको राजधानी पोखरा र पर्यटकहरुको आवाशीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रुपमा खानेपानीको व्यवस्था मिलाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पोखरा भ्रमण वर्षमा नै पानीको समस्या हुनु दुःखद भएको बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले लेकसाइड जस्तो संवेदनशिल क्षेत्रमा हप्ता विराएर खानेपानी आपूर्ति हुँदा निकै समस्या परेको बताए । अर्का उपाध्यक्ष गणेशराज पहारीले जाइकाको सहयोगपछि पनि पोखरामा पानी आपूर्तिमा समस्या हुनु दुःखद भएको बताए । संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रमेशले खानेपानीसम्वन्धी संस्थानको ठोस प्रतिवद्धता जरुरी भएको भन्दै अहिले उपभोक्ताले पानीविनाको पैसा तिर्नु परेको दुःखेसो पोखे ।

संस्थान प्रमुख कार्कीले सन् २०१५ तिरको पुरानो योजना अनुसार अघि बढेको प्रोजेक्ट भएका कारण जाइकाले ल्याएको पानीले पनि पोखरेलीको खानेपानी आबश्यकता पूरा गर्न नसकिएको स्वीकारे । चुहावट र चोरी पानीको अर्को समस्या भएको उनले सुनाए । उभोक्तालाई चाहेजति पानी दिन पाए आफूहरुको पनि आम्दानी बढ्ने उनले सुनाए । संघले सहज पानी आपूर्तिका लागि सक्दो प्रयास अघि बढाउने प्रतिवद्धता उनले सुनाए ।

पोखरेलीलाई प्रशोधित पानी पु¥याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले नेपाल सरकारलाई हप्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँमा लगानी भएको छ । आयोजना अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ । पोखराको मुख्य पानीको श्रोत मर्दिखोला हो ।

((

प्रकाशित मिति २०८२ बैशाख ८ गते सोमबार १०:३३
प्रतिक्रिया दिनुहोस्