स्याङ्जा, बैशाख १४/ स्वर्गीय तुलसी कुवरको सम्झनामा उहाका छोरा सोमबहादुर कुवरले शिवको मुर्ती दान गरेका छन । पुतलीबजार नगरपालिका ३ स्थित निरबिरेमा रहेको श्री शिव पन्जाङ्ग मन्दिरमा ग्यान बहादुर कुवर र उनका माइला छोरा बुहारी सोमबहादुर कुवर तथा इन्द्र कुवरको परिवारले स्वर्गीय तुलसी कुवरको सम्झनामा शिबको मुर्ति, शिव लिङग र बशाह लगायतका सामग्री दान गरेको हो ।
सो सामग्री वडा सदस्य समेत रहेका मुर्ती दाता सोमबहादुर कुवरले मुर्ती हस्तान्तरण सहित स्थानियहरुको सहभागितामा अनावरण गरिएको थियो। शनिबार सो मन्दिरमा ग्यान बहादुर कुवरका छोराहरु डाल बहादुर कुवर, रामबहादुर कुवर तथा बुहारीहरु इन्द्र कुवर, निरु कुवर र विन्दु कुवरले शिव लिङ्ग, बशाह हस्तान्तरण गरेका थिए । मुर्ती दाता सोमबहादुर कुवरका १ छोरा २ छोरी रहेका छन ।रहेका छन । मुर्ती राख्नुपुर्व बाडखोला चोकबाट भाइटारी, गैरिखेत, चम्फापानी, ढुङ्यान, ढडुवा हुँदै निरबिरेसम्म बाजागाजा सहितको यात्रा गरिएको थियो । सो मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमलकान्त उपाध्याय र सचिव मोति प्रसाद मरासिनीले कार्यक्रमको सहजीकरण गरेका थिए ।










