नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम

नेपाल राष्ट्र बैंकद्वारा आयोजित प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस प्रथम
२०८२ बैशाख १६ गते मङ्गलबार ०६:५८

पोखरा, १६ वैशाख/ नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन...

पोखरा, १६ वैशाख/ नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा पोखरा कार्यालयद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ ।

ग्लोबल मनी विक २०२५ को अवसरमा स्नातक तहमा व्यवस्थापन सङ्काय अध्ययापन गराउने शैक्षिक संस्थाहरूबिच अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

पोखराका विभिन्न ८ ओटा क्याम्पसबिच भएको प्रतिस्पर्धामा जनप्रिय बहुमुखी क्याम्पसको स्नातक तह व्यवस्थापन सङ्काय चौँथो वर्षमा अध्ययनरत विद्यार्थीद्वय राजन पौडेल र कुलबहादुर पौडेल के.सी.ले उत्कृष्ट प्रस्तुतिका साथ प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रथम भएको प्रशासक महादेवकुुुुुुुमार पालिखेले जानकारी दिए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीहरूको मिहिनेत र समर्पणको उच्च प्रशंसा गर्दै उनीहरूलाई बधाई तथा उज्वल भविष्यको शुभकामना दिएका छन् । बरालले क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा निरन्तरता र उत्कृष्टता कायम राख्न यस्ता प्रतियोगिताहरूले थप प्रेरणा दिने बताए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको जनप्रिय बहुमुखी क्याम्पसलाई नेपाल राष्ट्र बैंकका निर्देशक दिपकराज लामिछानेले प्रमाणपत्र र नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकको पहलमा आयोजित यस किसिमको कार्यक्रमले विद्यार्थीको वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुगेको बताइएको छ ।

 

 

प्रकाशित मिति २०८२ बैशाख १६ गते मङ्गलबार ०६:५८
प्रतिक्रिया दिनुहोस्