पोखरामा सडेको ५४ किलो खसिको मासु बच्ने २ पक्राउ

पोखरामा सडेको ५४ किलो  खसिको मासु बच्ने २ पक्राउ
२०८२ जेठ १ गते बुधबार ०७:१९

पोखरा बैशाख ३१/पोखरा महानगरपालिका वडा नं.१४ खसिबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा.लि.मा मरेको खसी काटी बेचेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...

पोखरा बैशाख ३१/पोखरा महानगरपालिका वडा नं.१४ खसिबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा.लि.मा मरेको खसी काटी बेचेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले उक्त फर्ममा मरेको खसिहरुलाई ड्रेसिङ गरिरहेको तथा विक्री बितरण गर्ने तयारीमा रहेको ५४ किलो खसिको मासू सहित २ जना व्यक्तिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला चितवन ईच्छा मनकामना गा.पा. ६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ स्थित मोडेल सप्लायर्समा काम गर्ने वर्ष ३८ को मिलन गुरुङ र अर्का जिल्ला लम्जुङ क्वोलासोथर गा.पा. ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १६ स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्ममा काम गर्ने वर्ष ३२ को राम गुरुङ ।

पक्राउ परेका उनिहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालो बजारी तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ १ गते बुधबार ०७:१९
प्रतिक्रिया दिनुहोस्