लमजुङमा छोराद्धारा आफ्नै बाबुको हत्या

लमजुङमा छोराद्धारा  आफ्नै  बाबुको हत्या
२०८२ जेठ ३ गते शुक्रबार ०७:१६

पोखरा जेठ २/ लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, कालाघिरिङ, ठूलोढुङ्गास्थित आफ्नै गाई गोठमा बस्दै आएका ५७ बर्षीय बाबु नरबहादुर गुरुङको उनकै जेठो छोराले गएको सोमबार राती हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका जेठा छोरा...

पोखरा जेठ २/ लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, कालाघिरिङ, ठूलोढुङ्गास्थित आफ्नै गाई गोठमा बस्दै आएका ५७ बर्षीय बाबु नरबहादुर गुरुङको उनकै जेठो छोराले गएको सोमबार राती हत्या गरेका हुन्।

मादक पदार्थ सेवन गरेका जेठा छोरा २३ बर्षीय छोरा लु बहादुर गुरुङले नरबहादुर गुरुङलाई चिर्पट दाउरा र बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

मंगलबार बिहान घट्नास्थल पुगेको प्रहरीले मृतकको शरीरको टाउको, अनुहार समेतको भागमा गम्भिर घाउचोट लागी रगताम्य भएको र पेटमा निलडाम रहेको अवस्थामा नर बहादुरको शव फेला पारेको थियो ।

प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा रगत लागेको चिर्पट दाउरा, काठको लौरो र बन्चरो समेत फेला परेको घट्नास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज किशोर साहले बताए ।

जेठो छोरा लु बहादुरलाई बाबुको हत्या गरेको आरोपमा मंगलबार पक्राउ गरेर बुधबार जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर ९कर्तब्य ज्यान० मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार ०७:१६
प्रतिक्रिया दिनुहोस्