देशका ६ महानगरमध्ये पोखरामा सबैभन्दा बढी बेरुजु

देशका ६ महानगरमध्ये पोखरामा सबैभन्दा बढी बेरुजु
२०८२ जेठ ३ गते शुक्रबार ०७:२१

पोखरा जेठ २/ महालेखा परीक्षकको कार्यालयले बुधबार प्रकाशित गरेको प्रतिवेदनअनुसार ६ वटा महानगरमध्ये सबैभन्दा धेरै बेरुजु पोखराको देखिएको छ । भरतपुर महानगरको बेरुजु सबैभन्दा कम बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक...

पोखरा जेठ २/ महालेखा परीक्षकको कार्यालयले बुधबार प्रकाशित गरेको प्रतिवेदनअनुसार ६ वटा महानगरमध्ये सबैभन्दा धेरै बेरुजु पोखराको देखिएको छ । भरतपुर महानगरको बेरुजु सबैभन्दा कम बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्यजस्तै छ ।

कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलव ०१ प्रतिशतमात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजारमात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा ८ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।

सबैभन्दा बढी पोखरा महानगरको बेरुजु छ । महालेखाको प्रतिवेदनअनुसार पोखराको ७ दशमलव ९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार बेरुजु छ ।

काठमाडौं महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार छ । यस्तै वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको एक दशमलव ०३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ५३ हजार र ललितपुरको शून्य ४६ अर्थात् ४ करोड ५१ लाख बेरुजु छ ।

यस्तो छ महानगरपालिकाहरूको बेरुजु प्रतिशत हजारमा

विराटनगर ०।३२ प्रतिशत २०,८५७
वीरगन्ज ३।६२ प्रतिशत २,२७,५०७
ललितपुर ०।५२ प्रतिशत ५५,५२१
काठमाडौं २।४७ प्रतिशत ६,८०,२३६
भरतपुर ०।९० प्रतिशत १,००,२७९
पोखरा ३।७४ प्रतिशत ५,०४,३०९

प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार ०७:२१
प्रतिक्रिया दिनुहोस्