पोखरा जेठ १४/ पोखराको नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयको अयोजनामा हुने पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा कुल २० टिमको सहभागिता हुने भएको छ। बिद्यालयले २०८१ सालमा एसइई दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्धेश्यले जेठ १५ देखि १७ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा छात्र तर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा छात्रा तर्फ प्रथम हुनेले १५ हजार,दोस्रो हुनेले ८ हजार सहित क्रमस मेडल, टफि« र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा मष्ट भ्यालुएबल छात्र,छात्राले दुई,दुई हजार प्राप्त गर्दा टप स्कोररले छात्र,छात्राले एक,एक हजार रुपैँया प्राप्त गर्ने प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितको पहिलो खेलमा सस्स्वती बिद्याश्रम लामाचौर र घान्द्रुक बिच हुने भएको खेल संयोजक अशोक शाहीले बताए ।
यसै बिच बिद्यालयले यहि अबधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसप पनि सञ्चालन गर्ने भएको छ । होटेल म्यानेजमेन्ट तर्फ हाउस किपिङ, कफि वारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यास गराउने छ । वर्कसपमा करिव १०० जना विद्यार्थीको सहभागिता रहने प्रिन्सिपल श्रेष्ठले जनाए ।
प्रतियोगितामा भाग लिने सबै २०८१ सालको एसइई परिक्षा दिएर बसेका बिद्यार्थीहरु हुन् । प्रतियोगिताको मुख्य उद्धेश्य एसइई परिक्षा पछिको खाली समयलाई सकारात्मक र सिर्जनशिल ढंगले सदुपयोग गर्ने रहको बिद्यालयले जनाएको छ । माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालय गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय रहेको छ ।










