पोखरा जेठ १५/ पोखराको ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा पाचौँ माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगिता बिहिबार बाट शुरु भएको छ । उद्घाटनको दिन ७ खेल सम्पन्न भएको खेल संयोजक अशोक कुमार शाहीले बताए।
जस अन्तरर्गत बिजेता हुने टिमहरुमा घान्द्रुक,जेपिटि,गलेश्वर निलो,त्रिसा शक्ति समाज,वियुजि, टिजी ब्रर्दर र मर्दिखोला बिजयी भएको संयोजक शाहीले जनाए ।
उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगपालिका शिक्षा महाशाखाका अधिकृत जिवन रेग्मीले बिद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले खेलकुदको माध्यमबाट बिद्यार्थीमा अनुसासित र स्वस्थ हुने बाताबरण सृजना हुने हदा खेलकुदको महत्व भएको उल्लेख गरे ।
बिद्यालयका अतिरिक्त कार्यक्रम निर्देशक तज बहादुर गुरुङले बिद्यालय गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित भएको बताए । उनले एसइई दिएर बसेका बिद्यार्थीहरुको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्धेश्यले खेलकुदको कार्यक्रम आयोजना गरिएको जनाए ।
प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बिद्यालयले पठनपाठन सगैँ खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा सधै जोड दिदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष चिज काजी गुरुङ,प्रोमोटर झम गुरुङ,समाजसेवी भूपालजङ कुवँर,नेपाल बास्केटबल संघका उपाध्क्षय जुम गुरुङ लगाएत वडा ३ मा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसै बिच बिद्यालयले यहि अबधिमा पहिलो पटक निशुल्क होटेल म्यानेजमेन्ट वर्कसपको पनि आरम्भ गरेको छ । होटेल म्यानेजमेन्ट तर्फ हाउस किपिङ, कफि वारिष्टा, वार, किचेन प्राक्टिस र बेकरीको प्रत्यक्ष अभ्यास गराइने छ । वर्कसपमा करिव १०० जना विद्यार्थीको सहभागिता रहेको बिद्यालयले जनाएको छ । कुल २० टिमको सहभागिता बास्केटबल प्रतियोगिता १७ गते सम्म सञ्चालन हुने छ । माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालय गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय रहेको छ ।










