आइतवार सार्वजनिक बिदा हुने

आइतवार सार्वजनिक बिदा हुने
२०८२ जेठ १७ गते शुक्रबार ०३:०३

पोखरा जेठ १६/ सरकारले पर्सि आइतवार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको जनाएको छ । मन्त्रालयले आज निकालेको सूचनामा आइतवार रातो मच्छिन्द्रनाथको...

पोखरा जेठ १६/ सरकारले पर्सि आइतवार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको जनाएको छ । मन्त्रालयले आज निकालेको सूचनामा आइतवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको रथ हिजो लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । रथ जावलाखेल पुर्‍याइएसँगै अब पर्सि आइतवार भोटो जात्रा मनाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०३:०३
प्रतिक्रिया दिनुहोस्