शिशु निकेतनमा लोकतान्त्रिक अभ्यास

शिशु निकेतनमा लोकतान्त्रिक अभ्यास
२०८२ जेठ १८ गते शनिवार १०:३५

पोखरा जेठ १७/ स्याङ्जाको पुतलीबजार ३ मा रहेको शिशु निकेतन आधारभुत माध्यमिक विद्यालयमा विद्यालय कप्तान र उपकप्तानको निर्वाचन सम्पन्न भएको छ । लोकतान्त्रिक मुल्य र प्रजातान्त्रिक परिपाटि र मर्यादित चुनावि अभ्यासलाई सुसुचित गर्नका...

पोखरा जेठ १७/ स्याङ्जाको पुतलीबजार ३ मा रहेको शिशु निकेतन आधारभुत माध्यमिक विद्यालयमा विद्यालय कप्तान र उपकप्तानको निर्वाचन सम्पन्न भएको छ । लोकतान्त्रिक मुल्य र प्रजातान्त्रिक परिपाटि र मर्यादित चुनावि अभ्यासलाई सुसुचित गर्नका लागि शिशु निकेतन मा विद्यालय कप्तान र उप कप्तानको निर्वाचन गरिएको विद्यालयका प्रधानाध्यापक मनोज मल्लले जानकारी दिए ।

लोकतान्त्रिक चेतना, प्रजातान्त्रिक अभ्यास, नेतृत्व विकास, मर्यादित चुनावि भावना र सहकार्यको भावना विकासका लागि आयोजना गरिएको र सो निर्वाचनमा कक्षा ३ देखि १० सम्मका ३१२ विद्यार्थीहरुले मतदान गरेको समेत पृन्सिपल मल्लले बताए । विद्यालय कप्तानमा दुई र उप कप्तानमा पाँच जना उम्मेदवारहरु रहेका थिए ।

उम्मेदवारहरुको नाम दर्ता, चुनाव चिन्ह वितरण, नामावलि प्रकाशन, प्रचारप्रसार, चुनावि सभा लगायतका प्रक्रियाहरु औपचारिक रुपमा नै गरिएको थियो ।शिक्षकहरुलाई मतदान अधिकृत, सहायक कर्मचारि तथा विद्यार्थिहरुलाइ सुरक्षाकर्मीको रुपमा प्रयोग गरि मतदाता शिक्षा, मत बदरको अवस्था, आचारसंहिता लगायतका विषयमा जानकारि गराई निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।

निर्वाचन कार्यक्रमको संयोजन तथा व्यबस्थापन विद्यालयका एकेडेमिक डिन राजेन्द्र बहादुर गोदारको संयोजकत्वमा विद्यालयका शिक्षकहरुले गरेका थिए ।

प्रकाशित मिति २०८२ जेठ १८ गते शनिवार १०:३५
प्रतिक्रिया दिनुहोस्