पुतलीबजारमा सम्पन्न सिर्जनात्मक लेखनमा सृष्टि बनिन प्रथम

पुतलीबजारमा सम्पन्न सिर्जनात्मक लेखनमा सृष्टि बनिन प्रथम
२०८२ जेठ २० गते सोमबार ०८:५३

स्याङ्जा जेठ १९/ गण्डकी प्रदेश सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा पुतलीबजारमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा...

स्याङ्जा जेठ १९/ गण्डकी प्रदेश सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा पुतलीबजारमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय गैरीखेत कि सृष्टि शर्मा प्रथम बनेकी छन । त्यस्तै शितला माध्यमिक विद्यालय पौवैगौडे कि अर्सिना कार्की द्दितिय, कालिका माध्यमिक विद्यालय झापाकोट कि सृष्टिना अर्याल तृतिय र कोल्मा बराहचौर माध्यमिक विद्यालय कोल्मा कि अमृता गुरुङ सान्त्वना बनेका छन ।

विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख तुलसिराम रेग्मीले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा निखार ल्याउने र पालिकाले पनि यस्ता कार्यक्रमहरु निष्पक्ष रुपमा संचालन गर्ने बताए । सो क्रममा प्रमुख रेग्मिले सामाजिक बिकास कार्यालयले यस पालिकामा यस्तो प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद ज्ञापन समेत गरे । कार्यक्रममा नगर शिक्षा अधिकारी बाबुराम बराल लगायतको उपस्थिती रहेको थियो । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नायब सुब्बा शोभा बस्यालले गरेकी थिइन ।
पी।

प्रकाशित मिति २०८२ जेठ २० गते सोमबार ०८:५३
प्रतिक्रिया दिनुहोस्