पोखरा जेठ २६/ परियार सेवा समाज कास्कीले आफ्नो स्थापनाको ३० औँ स्थापना दिवस मनाएको छ । सोमबार पोखरामा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरि ३० औँ स्थापना दिवस मनाएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि परियार राष्ट्रिय समिति सह–अध्क्षय प्रेमदेवी परियारले समाजले परियारहरुको क्षेत्रमा हक हितको लागि काम गर्दै आइरहेको बताइन् ।विशिष्ट अतिथि पूर्व संविधानसभा सदश्य कृष्णकुमारी परियारले समाजको लागि योगदान दिनहरुलाई स्मरण गर्दै संस्थाले समाजिक काम गर्नुपर्नेमा जोड दिइन् ।
संस्थाका कास्की अध्क्षय दुर्गा परियारले संस्थापक अध्क्षय गणेश परियारले संस्था स्थापनामा खेलेको भूमिकाको स्मरण गरे । उनले कास्कीमा अन्य कुनै पनि परियार सेवा समाज नभएको बताउदै आफ्नो संस्थानै आधिकारीक परियार सेवा समाज कास्की रहेको दावी गरे ।
कार्यक्रममा नेपाल मनावतावादी संगठनका केन्दीय अध्क्षय मेग बहादुर कामी,माछापुच्छ«े गाउँपालिकाका वडा ८का वडा सदश्य अर्जुन परियार,कास्की जिल्लाका पूर्व सल्लाहकार वद्रि परियार, कास्की जिल्ला परियार सेवा समाजका संस्थापक सदश्य तिलकपरियार,निर्वतमान सल्लाहकार नरेन्द्र मित्रकोटी, पोखरा महानगरपालिकाकी कार्यपालिका सदश्य मन्दिरा परियार,गण्डकी प्रदेश अध्क्षय विज्ञान सेवा परियार,केन्द्रीय समिति सदश्य प्रेम परियार,केन्द्रीय उपाध्क्षय जुम बहादुर परियार,सम्पूर्ण गुठी संस्थाहरुको प्रतिनिधित्व गदै बिजय परियार लगाएतले शुभकामना ब्यक्त गरेका थिए । यस्तै कार्यक्रममा संस्थामा आवद्ध अन्य ब्यक्तिहरुको उल्लेख्य सहभागिता रेहेको थियो।
संस्थाका अध्क्षय दुर्गा परियारको अध्क्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमर परियारले गरेका थिए । २०५२ सालमा स्थापना भएको संस्थाले निरन्तर काम गर्दै आइरहेको छ ।











