नेपालले जित्यो यु–१६ इस्ट जोन कप

नेपालले जित्यो यु–१६ इस्ट जोन कप
२०८२ असार २१ गते शनिवार ०५:०८

पोखरा असार २१/नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गरेको हो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो। सिंगापुरले प्रस्तुत गरेको ११४...

पोखरा असार २१/नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गरेको हो। नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो।

सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै संगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ। यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो। नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

नेपालले ५८ रन बनाउँदा नै ५ विकेट गुमाइसकेको थियो। तर, जोयले सम्हालिँदै नेपाललाई जित दिलाए। जोयले शुभम खनालसँग ३३ र अभयसँग अविजित २५ रनको साझेदारी गरेका थिए।नेपालका शिवान्स बजगाईं २०, शुभव खनाल १८, प्रशिद्ध जैशी १७ र परिमार्जन यादव १३ रनमा पभलियन फर्किए।सिंगापुरका कपिस वैंकटरमनले सर्वाधिक ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ६ ओभरमा जम्मा १८ रन दिए।युवान पाण्डेको नाममा २ तथा वेदांश गुप्ता र आकाश तेजाले समान २ विकेट लिए।

प्रकाशित मिति २०८२ असार २१ गते शनिवार ०५:०८
प्रतिक्रिया दिनुहोस्