सरकार र सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति, शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुने

सरकार र  सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति, शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुने
२०८२ असार २६ गते बिहिबार १०:३६

पोखरा असार २६/सरकार–सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा आज भएको वार्तामा सहमति भएसँगै शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुनेछन् । सहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य...

पोखरा असार २६/सरकार–सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा आज भएको वार्तामा सहमति भएसँगै शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुनेछन् । सहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन्। यसका लागि सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने र आवश्यकतानुसार संशोधन गरिने उल्लेख छ ।

प्रकाशित मिति २०८२ असार २६ गते बिहिबार १०:३६
प्रतिक्रिया दिनुहोस्