जिल्ला स्तरीय अन्तर कार्यालय हाजिरीजवाफ सम्पन्न, जिल्ला अदालत स्याङ्जा बन्यो प्रथम

जिल्ला स्तरीय अन्तर कार्यालय हाजिरीजवाफ सम्पन्न, जिल्ला अदालत स्याङ्जा बन्यो प्रथम
२०८२ साउन १६ गते बिहिबार १०:२७

पवन मारसिनी/ स्याङ्जा साउन १५/ नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले हाजिरी जवाफ प्रतियोगिता गरि शहिद मनोज, झपेन्द्र सुरेन्द्र स्मृति दिवस मनाएको छ । निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङ्जाले शहिद मनोज, झपेन्द्र...

पवन मारसिनी/ स्याङ्जा साउन १५/ नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले हाजिरी जवाफ प्रतियोगिता गरि शहिद मनोज, झपेन्द्र सुरेन्द्र स्मृति दिवस मनाएको छ । निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति स्याङ्जाले शहिद मनोज, झपेन्द्र सुरेन्द्रको ३५ औ स्मृति दिवसका अवसरमा जिल्ला स्तरिय अन्तर कार्यालय हाजिरी जवाफ प्रतियोगिता गरेको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रतियोगितामा जिल्ला अदालत स्याङ्जाले प्रथम स्थान प्राप्त गरेको छ । सो प्रतियोगितामा कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जा द्दितिय, जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तृतिय स्थान हासिल गरेका छन । त्यस्तै, फेदिखोला गाउपालिकाको कार्यालयले सान्त्वना स्थान हात पारेको छ । प्रतियोगितामा जिल्लाभित्रका १० कार्यालयको सहभागिता रहेको संगठनकी अर्चना शर्माले जानकारी दिइन ।

सो प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सार्वजनिक लेखा समिती सदस्य एवम् प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले कर्मचारीहरुको हक हितका लागि नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले खेलेको भुमिका अतुलनीय रहेको बताए । सो अवसरमा उनले कर्मचारीहरुले आफ्नो अधिकार संगसंगै जनताप्रतिको सेवा र कर्तव्य पनि कुशल ढंगले निभाउनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा समन्वय समिती स्याङ्जाका प्रमुख श्री प्रसाद घर्ती, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैरे पारस, समन्वय समिती उपप्रमुख खड्ग राज सुवेदी, प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याल, भुमी आयोग स्याङ्जाका अध्यक्ष तारा शर्मा, संगठनका सस्थापक अध्यक्ष ख्याम नारायण अधिकारी, नेपाल निजामती कर्मचारी युनियन स्याङ्जाका अध्यक्ष पुरुषोत्तम कोइराला लगायतले आआफ्नो धारणा राखेका थिए ।

संगठनका अध्यक्ष विष्णु प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमेश वि क ले स्वागत, केन्द्रीय सदस्य राजु प्रसाद मरासिनीले कार्यक्रममाथी प्रकाश एवम् कार्यक्रम संचालन सचिव राजेश कुवरले गरेका थिए ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहिबार १०:२७
प्रतिक्रिया दिनुहोस्