भूपू खेलाडी मञ्चको मासिक दौड,कर्पोरेट दौडमा अर्जुन र अनितालाई उपाधि

भूपू खेलाडी मञ्चको मासिक दौड,कर्पोरेट दौडमा अर्जुन र अनितालाई उपाधि
२०८२ कार्तिक १६ गते शनिवार ०६:०४

पोखरा कार्तिक १५/ पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा मासिक तथा सप्ताहिक दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको बिभिन्न बिधाको दौड अन्तरतगर्त ५ किमि कर्पोरेट पुरुष...

पोखरा कार्तिक १५/ पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा मासिक तथा सप्ताहिक दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको बिभिन्न बिधाको दौड अन्तरतगर्त ५ किमि कर्पोरेट पुरुष दौडमा एनएमबि बैंकका अर्जुन गुरुङ पहिलो भए उनले निर्धारित दुरी १९ मिनेट २७ः२२ सेकेन्डमा पुरा गर्दा ग्रीन डेभल्मेन्ट बैंकका अमृत थापा दोस्रो भए उनले निर्धारित दुरी १९ मिनेट ५९ः७५ सेकेन्डमा पुरा गरे भने सोहि बैंकका अनुप केसी तेस्रो भए उनले निर्धारत दुरी २० मिनेट १२ः८३ सेकेन्डमा पुरा गरे भने चौथो स्थानमा मुक्तिनाथ बिकास बैंकका रामचन्द्र रानाभाट र राइटफर चिल्ड्रनका लेखनाथ लामिछाने पाचौँ स्थान प्राप्त गरे ।

त्यस्तै ५ कि.मी कर्पोरेट महिला दौडमा मुक्तिनाथ बिकास बैंककि अनिता गुरुङ पहिलो भइन उनले निर्धारित दुरि २७ मिनेट २० सेकेन्डमा पुरा गरिन, दोस्रो भएकि एनआइएमबि बैंककि सुजिता मास्केले निधारित दुरि २८ मिनेट १२ सकेन्डमा पुरा गरिन त्यस्तै तेस्रो भएकि सांङग्रिला विकास बैंककि मिना गुरुङले निधातिर दुरि २८ मिनेट २३ सेकेन्डमा पुरा गरिन् भने एनआईसि एसिया बैंककि समि पुन चौथो र सांङग्रिला बैंककै सुजिता बिकले पाचौँ स्थान प्राप्त गरिन् ।

यस्तै ५ कि.मी छात्रा दौडमा एन्जिला जिटि पहिलो,रोशनि नेपाली दोस्रो,साबुगि शर्माले तेस्रो स्थान प्राप्त गर्न सफल हुदा छात्र ५कि.मी तर्फ इशर््वर पुर्जा पहिलो,नत्रराज धमला दोस्रो र सुस्मान ढुंङगानाले तेस्रो स्थान हासिल गरे । ५ कि.मी खुल्ला महिला तर्फ गिता कायस्प पहिलो,रश्मी श्रेष्ठ दोस्रो हुदा बिन्दु थापा मगरले तेस्रो स्थान प्राप्त गर्न सफल भइन् । यसै गरि ५ कि.मी खुल्ला पुरुष तर्फ हेमन्त चौधरी पहिलो इमोन गुरुङ दोस्रो र सफल लामाले तेस्रो स्थान प्राप्त गरे ।

यस अघिसो दौडको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकण कार्कीले गरेका थिए । कार्यक्रम नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको थियो ।

विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष गुरूङ,संस्थापक अध्क्षय खड्क रानाभाट मासिक दौडका संयोजक तेजबहादुर गुरूङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, सचिव महेश पौडेल, पोखरा उद्योग बाणिज्य संघका माहासचिव शोभा गौतम पोखरामा रहेका बिभिन्न बित्तीय संस्थाका प्रमुख लगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । दौडमा बिभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरु,बिद्यालयका बिद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा हरेक बर्ष सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता गर्दै आइरहेको छ यो बर्ष भने रजत बर्ष अन्तरर्गत रहेर १२ महिना १२ कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति २०८२ कार्तिक १६ गते शनिवार ०६:०४
प्रतिक्रिया दिनुहोस्