स्याङ्जा मंसिर ११/ पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा ब्राह्मण क्षेत्री समाजघरको शिलान्यास गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सो समाजघरको शिलान्यास गरेका हुन । कार्यक्रममा पुतलीबजार १२ का वडा अध्यक्ष गन्ज सिंह गुरुङ, नगर विकास समितिका सदस्य लगायतको उपस्थिती रहेको नगर प्रमुखको सचिवालयले जनाएको छ । सोहि अवसरमा समाजघरका लागि जग्गा उपलब्ध गराउने जग्गादाता आमाहरूलाई सम्मान पनि प्रदान गरिएको छ।
प्रकाशित मिति २०८२ मङ्सिर १२ गते बिहिबार ०९:३७