पोखरा मंसिर २६/ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकार तथा शन्ति समाज कास्कीले शाखाले प्रर्दशन गरेको छ । समाजले मंसिर २३ गते भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर पोखरा पृथ्वीचोकमा प्रदर्शन गरेको कार्यक्रम संयोजक तथा समाजका कोषाध्यक्ष रमेश परियारले जानकारी दिए ।
प्रर्दशन कार्यक्रममा सभापति सावित्री शर्मा, कार्यक्रम संयोजक समाजका कोषाध्यक्ष रमेश परियार, केन्द्रिय सचिब तिर्थराज न्यौपाने, पुर्व केन्द्रिय सचिन धिरज थापा, पत्रकार गुप्त प्रसाद शर्मा ,उपसभापति दिबलाल लामिछाने, सचिब झलक प्रसाद तिवारी , पुर्व कार्य समिती सदस्य जीवन प्रकाश श्रेष्ठ , कार्य समिती सदस्य शुक्रराज लामिछाने , मिना श्रेष्ठ लगायत आजीवन तथा साधरण सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८२ मङ्सिर २७ गते शुक्रबार ०८:३१