कोर्त्वालाई अँगालो हालेर भावुक भएका रोनाल्डोले भने : तिमी भाग्यमानी

कोर्त्वालाई अँगालो हालेर भावुक भएका रोनाल्डोले भने : तिमी भाग्यमानी
२०७८ असार १४ गते सोमबार ०६:५७

काठमाडाैं : युरोकपअन्तर्गत अन्तिम १६ को खेलपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डाले बेल्जियमका गोलकिपर थिउबट कोर्त्वासमक्ष केही कुरा गरेका थिए। त्यस क्रममा रोनाल्डोले कोर्त्वालाई ‘तिमी भाग्यमानी’ भनेका अन्तर्राष्ट्रिय...

काठमाडाैं : युरोकपअन्तर्गत अन्तिम १६ को खेलपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डाले बेल्जियमका गोलकिपर थिउबट कोर्त्वासमक्ष केही कुरा गरेका थिए। त्यस क्रममा रोनाल्डोले कोर्त्वालाई ‘तिमी भाग्यमानी’ भनेका अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमले जनाएका छन्।

उक्त खेलमा पोर्चुगलले बेल्जियमसँग १–० को हार बेहोरेको थियो। रोनाल्डो टिमले बारम्बार गरेको गोल प्रयासलाई कोर्त्वाले असफल बनाइदिएका थिए। रोनाल्डो रियल मड्रिडमा रहँदा कोर्त्वासँग घनिष्ठ थिए।

कोर्त्वासँग अँगालो हाल्दै रोनाल्डले भाग्य बेल्जियनको पक्षमा रहेको भन्दै आफूहरू बाहिरिनुपरेको दुःख पोखेका थिए। त्यस क्रममा कोर्त्वाले के भने त्यो स्पष्ट नभए पनि उनले रोनाल्डोलाई भावुक हुँदै हेरेका स्पेनी पत्रिका मार्काले लेखेको छ।

प्रकाशित मिति २०७८ असार १४ गते सोमबार ०६:५७
प्रतिक्रिया दिनुहोस्