पोखरा फागुन ३/ नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा ४ गैह्रापाटन र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौँ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
शुक्रवार पोखरामा भएको सम्झौता अनुसार नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने मासिक दौडको लागि ३५ हजार २ सय ९५ रुपैया सहयोग प्रदान गर्ने सम्झौता भएको भएको । उक्त सम्झौता १ बर्षको लागि रहेको मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिए ।
सम्झौता पत्रमा मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका ब्रान्डिङ विभाग प्रमुख विनोद घिमिरेले हस्ताक्षर गरेका हुन् । गएको बर्ष इन्स्योरेन्सले म्याराथनमा आर्थिक सहयोग गरेको थियो ।
प्रकाशित मिति २०८२ फाल्गुण ३ गते आईतबार ०८:२०